Logo २ कार्तिक २०८३, सोमबार | Tue Oct 20 2026


खोटो बेचेर करोडौं आम्दानी गर्छन् सामुदायिक वन


0
Shares

जिल्लाबाट हरेक वर्ष करोडौँ रूपैयाँको खोटो बिक्री हुने भएकाले त्यसको प्रत्यक्ष फाइदा सामुदायिक वन उपभोक्ता समूह र स्थानीय सरकारलाई हुँदै आएको छ ।

गत आवमा जिल्लाबाट निकासी भएको २५ लाख ९२ हजार ४८ किलोग्राम खोटो बिक्री भएको र यसबाट सामुदायिक वन उपभोक्ता समूहको खातामा रु दुई करोड ६० लाख ४१ हजार ४९ जम्मा हुनाका साथै जिल्ला समन्वय समितिमा प्रतिकिलो ८० पैसाका दरले रु २० लाख ७३ हजार ६३८ राजश्वबापत बुझाइएको जिल्ला वन कार्यालयले जनाएको छ ।

मूल्य अभिवृद्धि करस्वरूप खोटो कम्पनीबाट रू ३३ लाख ८५ हजार ३३९ समेत जम्मा भएको उक्त कार्यालयले जनाएको छ ।

जिल्लामा छ वटा रोजिन एण्ड टर्पेन्टाइन उद्योगले सन २०१६ मा खोटो संकलनको काम गर्दै आएकाले गरेकासामुदायिक वन उपभोक्ता समूहको आम्दानीको राम्रो स्रोत बन्नुका साथै संकलित खोटो बिक्रीबाट स्थानीयलाई रोजगारीको माध्यम पनि बन्दै आएको जिल्ला वन अधिकृत भीम कालीकोटेले जानकारी दिए ।

जिल्लामा हस्तान्तरण भएका ६२५ सामुदायिक वन उपभोक्ता समूहमध्ये २०५ सामुदायिक वनबाट खोटो संकलनको काम भइरहेको बताइएको छ । (रासस)

Skip This