पदभारग्रहण गर्दै भुसालले भने–‘तीन महिनाभित्र देखिनेगरी काम गर्छु’ • Image Khabar Image Khabar


पदभारग्रहण गर्दै भुसालले भने–‘तीन महिनाभित्र देखिनेगरी काम गर्छु’


Imagekhabar
७ कार्तिक २०७४, मंगलवार १४:२५

पदभारग्रहण गर्दै भुसालले भने–‘तीन महिनाभित्र देखिनेगरी काम गर्छु’

मंगलबार सिंहदरबारस्थित प्राधिकरणको कार्यालयमा पदभारग्रहण गर्दै भुसालले तीन महिनाभित्र देखिनेगरी काम गर्ने बताए ।

प्राधिकरणमा व्यक्ति फेरिँदैमा यसको काम प्रभावित नहुने भन्दै उनले प्रणालीलाई प्रभावकारी भने गराउनुपर्ने र आफैू त्यसैमा लाग्ने बताए ।

प्राधिकरणको पछिल्लो ९ महिनाको प्रगतिअनुसार कात्तिक ५ गतेसम्म ७ लाख ६७ हजार ७०५ जना अनुदान पाउने सूचीमा छन् ।

६ लाख २१ हजार २५७ जनाले पहिलो किस्ता प्राप्त गरेको र ८६ हजार ९५९ जनालेमात्रै दोस्रो किस्ता पाएका छन् ।

प्राधिकरण गठन भएको दुई वर्षमा चौथोपटक प्रमुख कार्यकारी फेरिइसक्दा पनि भूकम्पपीडितले भने अझै राज्यबाट घर निर्माणका लागि सहयोग पाउन सकेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्