
ज्यापु समाज यलले आयोजना गरेको म्युजियम फेस्टिभल तीन दिनसम्म चल्नेछ ।
फेस्टिभलको उद्घाटन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले भूकम्पपछि भत्किएका सम्पदाहरुको पुनःनिर्माण गर्नु अहिलेको राष्ट्रिय आवश्यकता रहेको बताइन् ।
उनले सम्भावित प्राकृतिक विपत्तिलाई मध्यनजर गर्र्दै बलियो ढंगले पुनःनिर्माण गर्नुपर्नेमा जोड दिइन् ।
कार्यक्रममा ललिपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले ललितपुरमा भूकम्पपछि भत्किएका संरचनाहरुको तीन वर्षभित्र पुनःस्थापना भइसक्ने बताए ।
नेवार समुदायको विविध पहिचान संरक्षण गर्ने उद्देश्यले आफ्नै भवनमा म्युजियमको स्थापना गरेको उनले बताए ।
म्युजियममा नेवारी समुदायको भेषभूषा, गरगहना, बाजागाजा, कृषिजन्य र घरायसी प्रयोगमा आउने सामग्रीहरु प्रदर्शनका लागि राखिएका छन् ।
प्रतिक्रिया दिनुहोस्