
रखाइन प्रान्तमा अल्पसंख्यक रोहिंग्या मुसलमानविरुद्ध म्यानमार सरकारले गरेको दमनको प्रतिक्रिया स्वरुपमा अमेरिकाले सैन्य सहयोग फिर्ता गर्ने कदम चालेको हो ।
अमेरिकी विदेश मन्त्रालयले म्यानमारका सैन्य अधिकारीको अमेरिकी भ्रमणलाई पनि रोकेको र आर्थिक प्रतिबन्ध लगाउने विषयमा छलफल गरिरहेको उल्लेख गरेको छ ।
म्यानमारबाट करिब १० लाख रोहिंग्या पलायन भएर बंगलादेश पुगेको राष्ट्रसंघले जनाएको छ । अझै पनि दैनिक हजारौँको संख्यामा रोहिंग्या बंगलादेश प्रवेश गर्ने गरेका छन् । म्यानमारको सेनाले भने रखाइन प्रान्तमा सर्वसाधारणविरुद्ध नभइ लडाकुहरु विरुद्ध कारवाही चलाएको दाबी गरेको छ ।
राष्ट्रसंघले रखाइन प्रान्तको हिंसालाई जातिय सफायाको उदाहरण भएको जनाएको छ । म्यानमार सरकारले रोहिंग्याहरु बंगलादेशबाट आएका राज्यविहिन आप्रवासी भएको दाबी गर्दै आएको छ । एजेन्सी
प्रतिक्रिया दिनुहोस्