१ जेष्ठ २०८२, बुधबार | Wed May 14 2025


२० प्रतिशत बालबालिका पोलियो खोपबाट बन्चित (भिडियो रिपोर्ट)


0
Shares

‘नियमित खोप अभियानमा २ थोपा पोलियो खुवाई पोलियो रोगलाई फर्किन निदिउँ’ भन्ने सन्देशसहित मंगलबार ‘विश्व पोलियो दिवस’ मनाइएको हो ।

नेपाल सन् २०१० मा पोलियोमुक्त देश घोषणा भएपनि पोलियो रोग उन्मूलन भने हुन सकेको छैन् ।

पाकिस्तान र अफगानिस्तानमा पोलियो रोगको समस्या देखा परिरहेकाले विश्वभरी नै पोलियो रोगको खतरा बढेको चिकित्सहरु बताउँछन् । विश्वको कुनै एक देशमा पोलियोको समस्या देखिए त्यसले विश्वभरमै समस्या बढाउने भएकाले कुनै पनि देशबाट पोलियो उन्मूलन हुन नसक्ने चिकित्सकहरु बताउँछन् ।

यी दुई देशमा पोलियो रोगको समस्या देखिएकाले अरु देशमा पनि सर्न सक्ने सम्भावना उच्च हुँदा पोलियो उन्मुलन हुन नसकेको चिकित्सकहरु बताउँछन् ।

नेपालमा ८० प्रतिशत बालबालिकालाई मात्र पोलियो थोपा खुवाइने गरिएको छ । जनचेतनाको अभावले २० प्रतिशत बालबालिका पोलियो खोपबाट बन्चित छन् । पोलियो रोग ५ वर्ष मुनिका बालबालिकामा देखिन्छ ।

पोलियो निकै खतरनाक सरुवा रोगको रुपमा चिनिन्छ । पोलियो रोग लागेको बालबालिकाको दिशामा हुने ब्याक्टेरियाका कारण निरोगी बालबालिकालाई सर्ने गर्दछ । एकपटक पोलियो भएको बच्चालाई जीवनभर सन्चो भने हुँदैन । न त पोलियो रोगको औषधि नै छ ।

पोलियो रोगले बालबालिकाको नशामा असर पुर्‍याउने हुँदा हिड्डुल गर्न समस्या हुने, लुलो लंगडो हुने स्वास फेर्न समस्या हुने गर्दछ । नशामा समस्या हुँदा बालबालिकाको शारिरीक विकासमा समेत नराम्रो असर पुर्याउने गर्दछ ।

पोलियो भाइरसले स्नायु प्रणालीमार्फत आक्रमण गरेको केही घन्टामै पूर्ण पक्षघात हुने तथा मुखको माध्यमबाट शरीरमा प्रवेश गरी आन्द्रामा पुगेर संख्या बढाउन थाल्ने गर्दछ । ज्वरो आउनु, टाउको दुख्नु, थकाई लाग्नु, वान्ता हुनु, खुट्टा दुख्नु जस्ता लक्षण देखा पर्छ ।

पोलियो रोग लाग्नै नदिने उपाए भनेको नै जन्मेको ६ हप्तादेखि ५ वर्षसम्मको बालबालिकालाई पोलियो थोपा खुवाउने हो । पोलियो थोपामा पाइने औषधिले बालबालिकाको रोगसँग लड्न सक्ने क्षमतालाई बढाउँछ र पोलियो रोगबाट जोगाउँछ ।

नेपाल सरकारले वर्षको दुई पटक बैशाख र कात्तिक महिनामा पोलियो थोपा खुवाउने गरेको छ । तर, जनचेतनाको अभावका कारण धेरै २० प्रतिशत बालबालिका पोलियो थोपा खानबाट बन्चित रहेका छन् । पोलियोबाट हुने समस्याबारे जानकारी फैलाउँदै पोलियो थोपा खुवाउने कार्यक्रमलाई अगाडी लैजान सके यसको प्रभावकारिता अझै बढ्ने थियो ।

भिडियो हेर्नुहोस्