१ जेष्ठ २०८२, बुधबार | Wed May 14 2025


विदा सकिएको महिना दिनसम्म अस्पतालमा कर्मचारी छैनन्


0
Shares

मंगलबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर लगायतको टोलीले अनुगमन गर्दा अधिकांश कर्मचारीहरु महिना दिनसम्म हाजिर हुन नआएपछि जिल्ला अस्पतालको ल्याब सेवा, बहिरंग विभाग, अन्तरंग सेवा लगायतका स्वास्थ्य सेवामा प्रत्यक्ष प्रभाव परेको हो ।

जिल्ला जनस्वास्थ्य कार्यालयका निमित्त प्रमुख नबिन देबकोटाका अनुसार ल्याब प्रमुख उज्वल तिवारी असोज ७ गतेदेखी, बइरंग विभागका हेल्थ असिस्टेन्ट सनम सिवाकोटीले विदा लिएको एकमहिना बित्दासम्म कार्यालयमा हाजिर हुन आएका छैनन् ।

त्यस्तै, अन्तरंग सेवामा कार्यरत नर्स सिता शाह कार्यालयमा नभएको देबकोटाले बताए । उनले भने, ‘कार्यालय प्रमुखलाई जानकारी नगराई जिम्मेवार स्वास्थ्यकर्मी र अन्य कर्मचारीसमेत कार्यालयमा छैनन् ।’

अस्पताल स्रोतका अनुसार विदा स्वीकृत नभइ पनि कार्यालयमा कतिपय कर्मचारी विदामा बस्ने गरेका छन् ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजालले स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रका कर्मचारीले चरम लापरवाही गरेको बताए । मेयर रिजालले करारका कर्मचारीको हकमा तलब कट्टा गर्न तथा स्थाई कर्मचारीको हकमा कार्यालयमा हाजिर नभएको दिनको हजाड भत्ता र स्थानिय भत्ता कटौती गरेरमात्र तलब निकासा गर्न कार्यालय प्रमुखलाई निर्देशन दिएका छन् ।

मेयर रिजालसहितको टोलीले स्थाई तथा करार कर्मचारीहरुको हाजिर खातासमेत निरीक्षण गरेको थिए ।