सुनको भाउमा सामान्य वृद्धि, चाँदीको स्थीर • Image Khabar Image Khabar


सुनको भाउमा सामान्य वृद्धि, चाँदीको स्थीर


Imagekhabar
७ कार्तिक २०७४, मंगलवार १९:५८

सुनको भाउमा सामान्य वृद्धि, चाँदीको स्थीर

अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा १०० रुपैयाँले उकालो लागेर तोलाको ५५ हजार ९०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुनको मूल्य सोमबार तोलामा २०० रुपैयाँले ओरालो लागेर तोलाको ५५ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको भाउ भने मंगलबार पनि तोलाको ७६५ रुपैयाँमै स्थीर रह्यो ।

अन्तर्राष्ट्रिय बजारमा मंगलबार साँझसम्म सुन प्रतिऔंस १२ सय ७७ डलर हाराहारीमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्