१० असार २०८२, मंगलबार | Tue Jun 24 2025


मंसिर १० गते हुने निर्वाचनका लागि अन्तिम नामावली आज सार्वजनिक गरिँदै


0
Shares

आयोगले नामावली सार्वजनिक गरेसँगै आजै उम्मेदवारहरुलाई निर्वाचन चिह्नसमेत वितरण गर्ने छ ।

उम्मेदवारी दिएकाहरुमाथि परेका उजुरी छानबिन गरी आयोगले हिजो नामावली सार्वजनिक गरेको थियो ।

उम्मेदवारी फिर्ता लिन चाहनेहरुलाई आयोगले आज बिहान १० बजेदेखि दिउँसो १ बजेसम्मको समय तोकेको छ ।

त्यसपछि दिउँसो ३ बजेसम्म उम्मेदवारहरुको अन्तिम नामावली सार्वजनिक गरिने र साँझ ६ बजेसम्म सबै उम्मेदवारलाई निर्वाचन चिह्न दिइने आयोगले जनाएको छ ।

पहिलो चरणअन्तर्गत आगामी मंसिर १० गते ३२ जिल्लाका प्रतिनिधिसभातर्फ ३७ र प्रदेशसभाका लागि ७४ सिटका लागि ५ गते उम्मेदवारी दर्ता भएको थियो ।

प्रतिनिधिसभाको ३७ सिटका लागि ३ सय २३ जनाको उम्मेदवारी परेको छ ।

त्यसैगरी प्रदेशसभाको ७४ सिटका लागि ४ सय ८४ जनाको उम्मेदवारी दर्ता भएको निर्वाचन आयोगले जनाएको छ ।