
उनी दोस्रो पाँच वर्षे कार्यकालका लागि महासचिवमा निर्वाचित भएका हुन् ।
पार्टीको १९ औं महासभाअन्तर्गतको विस्तारित बैठकले सी जिनपिङलाई निर्वाचित गरेको घोषणा गरेको हो ।
बैठकमा राष्ट्रपति सीले पार्टीका शीर्ष नेताहरुको नाम सार्वजनिक गर्नुभयो । शीर्ष नेताहरुमा पुरानै अनुहार दोहोरिएका छन् ।
घोषित स्थायी कमिटीमा प्रधानमन्त्री ली खछ्याङ, ली चानसाउ, वाङ याङ, वाङ हुनिङ, चाउ लिजी र हान चाङ छन् ।
चिनियाँ कम्युनिस्ट पार्टीमा सामान्यतः स्थायी समितिमा एक उदयमान नेतालाई ल्याइन्थ्यो । तर,राष्ट्रपति सीले पार्टीको यो परम्परालाई यस पटक तोडेका छन् ।
राष्ट्रपति सीले चाउ लिजीलाई भ्रष्टाचारविरोधी आयोगको प्रमुख बनाएका छन् । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्