
कांग्रेस संसदीय बोर्डको आज प्रधानमन्त्री निवास वालुवाटारमा बसेको बैठकले उम्मेदवारी टुंगो लगाउने विषयमा छलफल शुरु गरेको छ ।
बैठकले सकेसम्म चाँडै उम्मेदवारहरुको नाम सार्वजनिक गर्ने निर्णय गरेको छ । त्यसैगरी बैठकले कांग्रेससँग सहकार्य गर्न चाहेका दलहरुसँग पनि छलफल अघि बढाउने निर्णय गरेको छ ।
बैठकले पहिलो चरणको निर्वाचनमा पार्टीका तर्फबाट सिफारीस भएका आधिकारीक उम्मेद्वारबिरुद्ध बागी दिने असन्तुष्टलाई पनि उम्मेद्वारी फिर्ता लिन आग्रह गरेको छ ।
नेपाली कांग्रेसका नेता डाक्टर प्रकाशशरण महतले पहिलो चरणको निर्वाचनमा उम्मेद्वार छनोटमा ढिलाई भएको महसुश गरेर दोस्रो चरणका लागि चाँडै टुंगो लगाउने तयारी भइरहेको बताए ।
कांग्रेसले उम्मेदवार छनोटमा लोकप्रियता, पार्टीमा निरन्तर क्रियाशील र प्रतिबद्धलाई प्राथमिकतामा राखेको छ ।
प्रतिक्रिया दिनुहोस्