बराहताल ओझेलमा • Image Khabar Image Khabar


बराहताल ओझेलमा


Imagekhabar
८ कार्तिक २०७४, बुधबार १४:३०

बराहताल ओझेलमा

साविक निस्कोट गाविसको ९ नम्बर वडामा पर्ने तथा निस्कोट गाउँको शीरमा रहेको बराहताल आवश्यक संरक्षण र प्रचार–प्रसारको अभावमा ओझेलमा पर्दै गएको छ ।

करिब २ रोपनीमा फैलिएको बराहताल पर्यटकीय गन्तव्य हुनसक्ने भएपनि प्रचारको अभावमा ओझेलमा परेको हो ।

यहाँबाट धौलागिरिसहित गुर्जा, निलगिरि, अन्नपूर्ण, माछापुच्छे«, मानापाथीलगायतका मनोरम हिमशृंखलाको प्रत्यक्ष अवलोकन गर्न सकिन्छ । तालनजिकै एउटा तामाको घैंटो पनि रहेको छ ।

पर्यटकीय महत्व बोकेको बराहताल संरक्षणका लागि यसअघि साविक निस्कोट गाविसले तालसम्म पुग्ने पदमार्ग, तालको सुरक्षाका लागि घेराबार निर्माण र छिमेकी बागलुङ जिल्लाको सिमाना ताराखोलाको धुरीमा पुग्न पदमार्ग निर्माण गरेको थियो ।

तर, तालको प्रचार हुन नसक्दा अझैसम्म यहाँसम्म पर्याप्त पर्यटक पुग्न सकेका छैनन् । तालको संरक्षण र प्रचारमा सरकारी निकायले कुनै चासो नदेखाएको स्थानीयको गुनासो छ ।

तालको प्रचार गरी पर्यटकलाई आकर्षित गर्नसके स्थानीयको जीवनस्तर सुधारमासमेत यो ताल महत्वपूर्ण सावित हुने सरोकारवालाहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्