
सप्तरीको राजविराजमा बुधबार आयोजित निर्वाचनसम्बन्धी अन्तरक्रियामा उनले निर्वाचन तोकिएकै मितिमा हुनेमा ढुक्क हुन आग्रह गरे ।
अरुबेला गरिबलाई गम्छासम्म नदिने दलका नेताहरुले गत स्थानीय तह निर्वाचनकाक्रममा चुनाव चिह्नअंकित नानाथरिका पोसाक वितरण गरेको भन्दै यादवले त्यस्ता कार्य नदोहार्याउन आग्रह गरे ।
सप्तरीका प्रमुख जिल्ला अधिकारी भागीरथ पाण्डेले आसन्न निर्वाचनलाई शान्तिपूर्णरुपमा सम्पन्न गराउनका लागि सप्तरी प्रहरी प्रशासन प्रतिबद्ध रहेको बताए ।
कार्यक्रममा जिल्लाका सम्पूर्ण राजनीतिक दलका प्रतिनिधि, चारओटै निर्वाचन क्षेत्रका निर्वाचन अधिकृतलगायतको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्