
प्रत्यक्षतर्फको भने उम्मेदवारलाई चुनाव चिह्न प्रदान गरेलगत्तै छाप्न थालिनेछ ।
उम्मेदवारलाई निर्वाचन चिह्न दिएलगत्तै प्रत्यक्षतर्फको मतपत्र छाप्न थाल्ने आयोगले जनाएको हो ।
समानुपातिकतर्फको मतपत्र छपाइ भने अन्तिम चरणमा पुगेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिएका छन् ।
बिहीबारसम्म समानुपातिकतर्फको मतपत्र छापिसकिने आयोगले जनाएको छ ।
समानुपातिकतर्फ हल्का रातो तथा प्रत्यक्षतर्फको हल्का हरियो रङमा मतपत्र छापिनेछ । प्रत्यक्षतर्फको मतपत्र भने प्रदेशअनुसार फरक–फरक हुनेछ ।
मतपत्रमा यसअघि संसदभित्र रहेका दल र अघिल्लो संविधानसभा निर्वाचनमा समानुपातिकतर्फ बढी मत ल्याएका दलहरूको चिह्न क्रमशः माथि र त्यसपछि निर्वाचनमा भाग लिने उद्देश्यले हालै आयोगमा दर्ता भएका दलको दर्ताक्रमअनुसार राखिनेछ ।
प्रत्यक्षतर्फ स्वतन्त्र उम्मेदवारको पनि चिह्न रहने गरी मतपत्रको डिजाइन गरिएको छ ।
एउटै मतपत्रमा माथिल्लो भागमा प्रतिनिधिसभा र तल्लो भागमा प्रदेशसभाका सदस्य चुन्न चिह्न राखिने आयोगका प्रवक्ता नवराज ढकालले बताए ।
मतदानका दिन एक मतदाताले दुईओटा मतपत्र पाउनेछन्, जसमा ४ स्थानमा स्वस्तिक चिह्न लगाउनुपर्नेछ र दुईओटा फरक–फरक मतपेटिकामा खसाल्नुपर्ने हुन्छ ।
प्रत्यक्ष र समानुपातिकतर्फ गरी करिब ३ करोड ५० लाख मतपत्र छपाइने आयोगले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्