
सोमबार बसेको मन्त्रिपरिषद बैठकले सो अध्यादेश पारित गरेको हो । तर, अध्यादेश प्रमाणीकरणका लागि राष्ट्रपतिकोमा भने बुधबार साँझसम्म पठाइएको छैन ।
एकल संक्रमणीय प्रणालीअन्तर्गत् राष्ट्रियसभाका सदस्य निर्वाचित हुनेगरी अध्यादेश ल्याइएको हो ।
सरकारले बहुमतीय पद्धतिबाटै राष्ट्रियसभा सदस्य निर्वाचन गर्नेगरी संसदमा विधेयक प्रस्तुत् गरेको भएपनि नेपाली कांग्रेसका सांसदहरुले नै संशोधन हालेपछि सरकारले विधेयक अघि बढाएको थिएन । एकल संक्रमणीय पद्धतिमा नेकपा एमाले र माओवादी केन्द्र तयार भएनन् ।
जसका कारण विधेयक संसदको म्याद सकिएसँगै निस्क्रिय बनेको थियो । सरकारले अध्यादेश ल्याएपनि अहिलेसम्म सार्वजनिक गरिएको छैन ।
कानुन, न्याय तथा संसदीय मामिलासचिव कमलशाली घिमिरेले राष्ट्रपतिबाट प्रमाणित भइ नसकेकाले सो दिन नमिल्ने बताए ।
प्रतिक्रिया दिनुहोस्