
मन्त्रालयले औद्योगिक व्यवसाय ऐन, २०७३ को दफा ५२ अनुसार उद्योग दर्ताको प्रमाणपत्रको अवधिभित्र सन्चालनमा आउन नसकेका उद्योगलाई तीन महिनाका लागि म्याद थपको व्यवस्था गरेको हो ।
उद्योग विभागका प्रवक्ता दुर्गाप्रसाद भुसालले तोकिएको समयभित्र उत्पादन गर्न नसकेका उद्योगलाई एकपटकका लागि बाधा–अड्काऊ फुकाउन उक्त व्यवस्था गरिएको जानकारी दिए ।
‘सन्चालन नभएका उद्योगलाई तीन महिनाभित्र उद्योग सन्चालन म्याद थपका लागि आवेदन दिनुपर्ने व्यवस्था गरिएको छ’–प्रवक्ता भुसालले भने ।
मन्त्रालयले म्याद थपका लागि दिएको समयअवधिसम्म आवेदन नगर्ने उद्योगको औद्योगिक व्यवसाय ऐन, २०७३ को दफा ८ को उपदफा (५) बमोजिम स्वतः रद्द गरिने जनाएको छ । रासस
प्रतिक्रिया दिनुहोस्