
९३ वर्षीय बुस सिनियरले अभिनेत्री हिथर लिन्डले आफूमाथि यौन उत्पीडन गरेको आरोप लगाएकी हुन् ।
उनले पूर्वराष्ट्रपति बुसले ह्वीलचेयरमा बसीबसी आफूलाई छोएको र फोटो खिचाउने क्रममा नराम्रा शब्द प्रयोग गर्दै ख्याल गरेको आरोप लगाएकी हुन् ।
हिथरले जर्ज बुस सिनियरमाथि सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत् यो आरोप लगाएकी हुन् ।
उनले इन्स्टाग्राममा गरेको पोस्ट पछि हटाएकी थिइन् । तर पूर्व राष्ट्रपति बुसका प्रवक्ताले भने जानीजानी कसैलाई पनि दुःख दिने नियतले बुसले केही काम नगरेको दाबी गरेका छन् ।
उनले ख्यालठट्टा गर्ने क्रममा कसैलाई परेको चोटप्रति माफी मागेका छन् ।(एजेन्सी)
प्रतिक्रिया दिनुहोस्