राष्ट्रपति र प्रधानमन्त्रीले दिए छठ पर्वको शुभकामना • Image Khabar Image Khabar


राष्ट्रपति र प्रधानमन्त्रीले दिए छठ पर्वको शुभकामना


Imagekhabar
९ कार्तिक २०७४, बिहीबार ०८:२५

राष्ट्रपति र प्रधानमन्त्रीले दिए छठ पर्वको शुभकामना

राष्ट्रपति भण्डारीले शुभकामना सन्देश जारी गर्दै सूर्य देवता र छठी माताको पूजा आराधना गरी मनाइने छठ पर्वले नेपालीमा राष्ट्रिय एकता, अखण्डता, मेलमिलाप र आपसी सद्भाव कायम गर्न सफल रहोस् भन्ने कामना गरेकी छिन् ।

त्यसैगरी उपराष्ट्रपति पुनले पनि पवित्र छठ पर्वले नेपालीहरुबीच आपसी सद्भाव, सहिष्णुता, भाइचारा र बलियो एकता अभिवृद्धि हुँदै जाने विश्वास व्यक्त गरेकी छिन् ।

प्रधानमन्त्री देउवाले छठ पर्वको अवसरमा शुभकामना दिँदै यो पर्वले सबै नेपालीबीच भावनात्मक एकता र सहकार्यको सकारात्मक सन्देश दिने विश्वास व्यक्त गरेका छन् ।

त्यसैगरी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललगायतका नेताहरुले पनि छठले आपसी प्रेम, सद्भाव र मित्रता बढाउँदै सामाजिक एवम राष्ट्रिय एकतालाई बलियो बनाउन प्रेरणा दिने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्