
धनकुटा नगरपालिका वडा नं. ६ अमलटारस्थित लद्यु घरेलु औद्योगिक ग्रामको पूर्वाधार निर्माण गर्न गत आर्थिक वर्षमा सरकारले २ करोड रुपैयाँ विनियोजन गरेको थियो ।
सो बजेटले कोशी राजमार्गदेखि औद्योगिक ग्रामसम्म आइपुग्ने ५ सय मिटर बाटोमा ढुंगाको सोलिङ गरिएको थियो ।
त्यस्तै ग्रामको ६४ रोपनी जग्गामा ७ सय मिटर लामो फ्रेमिङ वाल लगाइएको छ । थप पूर्वाधार निर्माण गर्न सरकारले चालु आर्थिक वर्षमा ३ करोड ५० लाख रुपैयाँ विनियोजन गरेको छ ।
तत्कालीन सरकारले ३४ वर्ष अघि २०४० सालमा सो ठाउँलाई औद्योगिक क्षेत्र घोषणा गरेको थियो ।
तर सो क्षेत्रमा लामो समयसम्म ठूला उद्योग स्थापना हुन नसकेपछि औद्योगिक ग्राम निर्माण गर्न लागिएको धनकुटा नगर कार्यपालिका उद्योग विकास शाखाका प्रमुख सत्यनारायण राईले जानकारी दिए ।
चालु आर्थिक वर्षमा छुट्याइएको बजेटबाट ग्रामभित्र उद्योगका लागि आवश्यक टहरा निर्माण गरिने छ ।
औद्योगिक ग्रामभित्रका तीन खण्डमा ६४ वटा ब्लक बन्नेछन् । सानो पुँजीमा सञ्चालित सानो परिणामको फलफूल प्रशोधन, ग्रील उद्योग, फर्निचर लगायतका उद्योग यहाँ सञ्चालन हुनेछन् ।
प्रतिक्रिया दिनुहोस्