
खासगरी निर्वाचन नजिक आइसकेको कारण पनि सरकारले तत्काल प्रदेशको अस्थायी राजधानीतोक्न सकेको छैन । सरकारले अस्थायी राजधानी नतोक्दा अन्योल बढेको छ ।
जनतामा अन्योल बढिरहेका बेला प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन अघि प्रदेशको राजधानी तोक्न नसकिने बताएका छन् ।
धनकुटालाई प्रदेशको राजधानी तोक्न माग गर्दै प्रधानमन्त्री निवास वालुवाटार पुगेको प्रतिनिधि मण्डलसँग देउवाले निर्वाचनअघि प्रदेशको राजधानी नतोकिने बताएका छन् ।
प्रधानमन्त्री देउवाले विभिन्न परिस्थितीका कारण निर्वाचनअघि प्रदेशको राजधानी नतोकिने जानकारी गराएका हुन् । देउवाले भने, ‘निर्वाचनअघि प्रदेशको अस्थायी राजधानी तोक्ने अवस्था छैन ।’
प्रतिक्रिया दिनुहोस्