
यसैअन्तर्गत् बिहीबार धनकुटामा स्थानीय सामुदायिक भवनमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । योसँगै निर्वाचन कार्यतालिका पनि सार्वजनिक गरिएको छ ।
जसअनुसार आगामी कात्तिक १६ गते उम्मेदवारको मनोनयनपत्र दर्ता, १७ गते उम्मेदवारको विरोधमा उजुरी, १८ गते उजुरीउपर जाँच र उम्मेदवारको नामावली प्रकाशन, १९ गते नाम फिर्ता तथा उमेदवारको अन्तिम नामावली प्रकाशन र चुनाव चिह्न प्रदान गरिने छ ।
धनकुटामा प्रतिनिधिसभा सदस्यका लागि एक र प्रदेशसभाका लागि दुई क्षेत्र निर्धारण गरिएको छ ।
धनकुटामा दोस्रो चरणमा आगामी मंसिर २१ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन हुँदैछ ।
प्रतिक्रिया दिनुहोस्