२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो


0
Shares

जिल्ला सदरमुकाम तौलिहवास्थित नगरपालिकाको वडा नम्बर–३ जमुवार नदीलगायत जिल्लाका चन्द्रौटा, वाणगंगाको रामघाट नदी र कृष्णनगर सुरैया नदी र तालहरुमा अस्ताउँदो सूर्यलाई अर्घ्य दिइ छठपूजा सुरु गरिएको हो ।

अर्घ्य दिनुअघि नदी किनारामा पूजास्थल निर्माण गरी प्रशोधित सामग्री प्रयोग नभएका प्राकृतिक फलफूल र पकवानहरु ठकुवा, भुसुवा, खजुरीका साथै उखु, नरिवल, मुला, मेवा, भान्टा, सलिफा, केरा, बेसार तथा रुखैसहितको अदुवालगायतका सामग्री राखी पूजा गरिएको थियो ।