
फोरमका पूर्वउपमहासचिव एवं निर्वतमान सांसद अभिषेकप्रताप साह कांग्रेस प्रवेश गरेको कांग्रेसले जनाएको छ ।
उनलाई कांग्रेस सभापति शेरबहादुर देउवाले एक कार्यक्रमकाबीच पार्टीमा स्वागत गरेका थिए ।
बिहीबारै रामेछापका एमाले र माओवादी केन्द्रका २०० कार्यकर्ता पार्टी परित्याग गरी कांग्रेसमा प्रवेश गरेका छन् ।
प्रधानमन्त्री एवं पार्टी सभापति देउवाले उनीहरुलाई टीका लगाएर पार्टीमा स्वागत गरेको प्रधानमन्त्रीका सन्चारविज्ञ गोविन्द परियारले जानकारी दिए ।
यसैबीच, आगामी निर्वाचनमा चुनावी तालमेलका लागि लोकतान्त्रिक गठबन्धनको कार्यदलले उम्मेदवार चयनका सम्बन्धमा छलफल गरेको छ ।
कार्यदलको बिहीबार बसेको बैठकले सहमतिमै उम्मेदवार टुंग्याउने सहमति भएको र शीघ्र उम्मेदवारको टुंगो लाग्ने बताइएको छ । रासस
प्रतिक्रिया दिनुहोस्