९ असार २०८२, सोमबार | Tue Jun 24 2025


उपेन्द्र यादवले सप्तरी–२ बाट उम्मेदवारी दिने


0
Shares

अध्यक्ष यादवले सप्तरी क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभाका लागि उम्मेदवारी दिने पार्टीका नेता शम्भु झाले जानकारी दिए ।

सो क्षेत्रमा राजविराज नगरपालिकाका १६ वडासहित छिन्नमस्ता, महदेवा र तिलाठी कोइलाडी गाउँपालिका पर्दछन् ।

फोरम नेपाल र राजपा नेपालसँगको गठबन्धनमा उनी यस क्षेत्रबाट उम्मेदबार बन्न लागेको बताइएको छ । सो क्षेत्रमा करिब ८६ हजार मतदाता रहेका छन् ।

सप्तरी क्षेत्र नम्बर–२ को प्रदेशसभा ‘ख’बाट राष्ट्रिय जनता पार्टी (राजपा)का महासचिव मनीषकुमार सुमनले उम्मेदवारी दिने बताइएको छ । रासस