९ असार २०८२, सोमबार | Tue Jun 24 2025


जाजरकोटमा चुनावको रन्को, कांग्रेस र बाम गठबन्धनबीच सीधा टकराव


0
Shares

जाजरकोटमा प्रतिनिधि सभा र प्रदेश सभामा बाम गठबन्धन र कांग्रेस नै हावी देखिएको छ । एक प्रतिनिधि सभा र २ प्रदेश सभा रहेको जाजरकोटमा चुनावी चर्चा चुलिएको छ ।

बाम गठबन्धनबाट माओबादी केन्द्रका पुर्वगृहमन्त्री शक्तिबहादुर बस्नेत उम्मेदवारका रुपमा मैदानमा छन् । उनलाई टक्कर दिन कांग्रेसबाट राजिबबिक्रम शाहको मुख्य प्रतिस्पर्धा रहेको छ ।

प्रदेश सभा ‘क’ मा भने बाम गठबन्धनबाट माओवादीका गणेशप्रसाद शर्मा उम्मेदवार छन् भने उनलाई कांग्रेसका बेदराज सिंहले प्रतिस्प्रर्धा गर्दै छन् ।

जाजरकोटको विकास नै आफ्नो प्रमुख एजेण्डा भएको काँग्रेस उम्मेद्वार बेदराज सिंह बताउँछन् । जाजरकोटका सर्वसाधारण भने संसद विकास कोषको रकम सही ढंगले खर्च गर्न अनुरोध दलहरुसँग आग्रह गर्छन् ।

प्रदेश सभा ‘ख’ मा भने बाम गठबन्धनले नेकपा एमाले करविर शाहीलाई उम्मेद्धवार बनाएको छ । सोही प्रदेश सभामा कांग्रेसले दिपकजंग शाहलाई उठाएको छ ।

प्रतिनिधी सभाका लागी एमालेका स्वतन्त्र उम्मेरद्वार गोविन्द विक्रम शाह र नेकपा माओवादी केन्द्रका क्षेत्र नं.‘ख’ का स्वतन्त्र उम्मेरद्वार नरबहादुर कार्की, राष्ट्रिय प्रजातन्त्र पार्टीका क्षेत्र नं. ‘क’ बाट बिरबहादुर मल्ल, प्रतिनिधी सभाका कृष्ण विक्रम शाह र क्षेत्र नं. ख बाट लालबहादुर रावत र क्षेत्र नं. क बाट निरज आचार्यले दर्ता गराएको उम्मेद्धवारी फिर्ता लिएका छन् ।

जाजरकोटमा प्रतिनीधि सभाको लागि माओवादी केन्द्रलाई अगाडी बढाउने भनिए पनि एमालेबाट पनि उम्मेद्धवारी दर्ता भएको थियो ।

साथै प्रदेश सभामा एमालेलाई उठाउने भनेको ठाउँमा माओवादी केन्द्रबाट उमेद्धवारी दर्ता भएपछि बाम गठबन्धन तोडिने देखिएको थियो ।

उम्मेद्धवारहरुले उमेद्धवारी फिर्ता लिएपछि जाजरकोटमा बाम गठबन्धन कायम रहेको छ ।

जाजरकोटमा प्रदेश सभा ‘क’ मा ६३ वटा मतदान केन्द्र रहेका छन् भने प्रदेश सभा ख मा ५३ वटा मतदान केन्द्र रहेका छन् ।

जाजरकोटमा ८३ हजार ९ सय ३७ मतदाता रहेका छन् ।