९ असार २०८२, सोमबार | Tue Jun 24 2025


तेह्रथुममा ६ हजार ३९ जना मतदाता थपिए, धनकुटामा १० मतदान केन्द्र थप


0
Shares

निर्वाचन कार्यालयका अनुसार जिल्लाका दुई नगरपालिका र चार गाउँपालिकाका ६६ हजार ७ सय ४३ जना मतदाताले मतदान गर्ने छन् ।

गत असारमा भएको स्थानीय तहको निर्वाचनपछि ६ हजार ३९ जना मतदाता थपिएका छन् ।

जिल्ला निर्वाचन कार्यालयले दुई महिनासम्म जिल्लाभर मतदाता नामावली अद्यावधिक गरेको थियो ।

प्रतिनिधि सभामा एक मात्रै निर्वाचन क्षेत्र रहेको तेह्रथुममा प्रदेश सभाका लागि भने दुई वटा निर्वाचन क्षेत्र छ ।

यता, धनकुटामा आसन्न निर्वाचनका लागि १० वटा मतदान केन्द्र थपिएको छ ।

स्थानीय तह निर्बाचनमा १ सय १७ मतदान स्थल अन्तर्गत १ सय ४३ मतदान केन्द्र तोकिएकोमा यस पटक १ सय ५३ पुर्‍याइएको हो ।

प्रति एक हजार ६४ मतदातालाई एक मतदान केन्द्र पर्ने गरी थपिएको निर्बाचन कार्यालय धनकुटाका सूचना अधिकारी केशव पौडेलले जानकारी दिए ।

धनकुटामा एक लाख पाँच हजार एक सय ८८ मतदाता छन् । यो संख्या स्थानीय तह निर्बाचनको भन्दा नौ हजार एक सय १८ ले बढी हो ।