
सुरक्षा निकायका लागि आयोगले आयोजना गरेको दुईदिने अभिमुखीकरण कार्यक्रमको शुक्रबार शुभारम्भ गर्दै प्रमुख आयुक्त यादवले निर्वाचन गराउन प्रधानमन्त्री पनि प्रतिबद्ध रहेको बताए ।
निर्वाचनको वातावरण अस्थिर बनाउन केही तत्व लागेको भन्दै उनले यसतर्फ सचेत रहन सबैलाई आह्वान गरे ।
स्वच्छ र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्ने दायित्व राज्यका सुरक्षा निकायको भएकाले सबै सुरक्षा निकायलाई इमान्दार भएर जिम्मेवारी पूरा गर्न उनले आग्रह गरे ।
उनले निर्वाचन सम्पन्न गर्न कुनै अन्योल नरहेको र आयोग आत्मविश्वासका साथ लागिपरेको उल्लेख गरे ।
कार्यक्रममा गृहसचिव मोहनकृष्ण सापकोटाले निर्वाचन भयरहितरुपले सम्पन्न गर्न गृह मन्त्रालयले सबै संयन्त्र परिचालन गरेको बताए ।
मंसिर १० र २१ गतेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि म्यादी प्रहरीसहित २ लाख ७२ हजार सुरक्षाकर्मी परिचालित हुने जानकारी उनले दिए ।
निर्वाचनको नतिजा घोषणा नहुँदासम्म गृह मन्त्रालयले सुरक्षाको उच्च व्यवस्था गर्ने गृहसचिव सापकोटाले वचन दिए ।
प्रतिक्रिया दिनुहोस्