
तर धेरैको सपना बन्ने सहरका भित्री रुप कस्तो छ ? धेरैलाई थाहा नहुन सक्छ । फ्रान्स युरोपको एउटा सम्पन्न मुलुक हो । यसको राजधानी पेरिस विश्वको आकर्षक सहरहरुमध्ये एक हो । तर पेरिस मै पनि निकै दयनीय जीवन बिताउँदै आएका मानिस भेटिन्छन् ।
पेरिस नजिकै रेलवे लाइनमा एउटा बस्ती छ । करिब १६ हजारको संख्यामा बसोबास गर्दै आएको यो समुदायलाई ‘रोमा’ भनिन्छ । यो समुदाय फ्रान्समा मात्र नभएर युरोपका अन्य धेरै मुलुकमा फैलिएको छ ।
पेरिसमा यो समुदाय बस्दै आएको क्षेत्र दुर्घन्धित छ । यो समुदायका लागि विद्युत र पिउने पानीकोसमेत उचित व्यवस्था हुन सकेको छैन । केही गैरसरकारी संस्थाले यो समुदायका हक हितका लागि आवाज उठाउँदै आए पनि सरकारले प्रभावकारी कदम चाल्न सकेको छैन ।
भनिन्छ, यो समुदाय करिब १,५०० वर्षअघि भारतबाट इरान हुँदै युरोप प्रवेश गरेको हो । ‘करेन्ट बायोलोजि’ म्यागजिनमा प्रकाशित एक रिपोर्टअनुसार रोम समुदायको नाता भारतसँग छ । युरोपमा यो समुदाय १ करोडभन्दा बढी संख्यामा रहेको बताइन्छ । तर विभिन्न मुलुक र क्षेत्रमा फैलिएर बसेका कारण यिनको समग्र तथ्यांक संकलनमा समेत कठिन भइरहेको छ ।
शताब्दीऔंदेखि युरोपमा बस्दै आएका भए पनि यो समुदायलाई बराबरीको अधिकार प्राप्त हुन सकेको छैन । सम्बन्धित मुलुकबाट यिनीहरु भेदभावको शिकार हुने गरेका छन् । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्