त्रिशूली नदीमा बस खस्दा मृत्यु हुनेको संख्या १४ पुग्यो, १६ घाइतेको उद्दार • Image Khabar Image Khabar


त्रिशूली नदीमा बस खस्दा मृत्यु हुनेको संख्या १४ पुग्यो, १६ घाइतेको उद्दार


Imagekhabar
११ कार्तिक २०७४, शनिबार ०९:३४

त्रिशूली नदीमा बस खस्दा मृत्यु हुनेको संख्या १४ पुग्यो, १६ घाइतेको उद्दार

सप्तरीको राजविराजबाट काठमाडौं आउँदै गरेको ना ६ ख १४६७ नम्बरको बस आज बिहान करिब ६ बजेतिर त्रिशुली नदीमा खसेको हो ।

प्रहरीसहित उद्दारका लागि खटिएका गोदाखोरले १४ जनाको शव निकालेका छन् । मृतकमध्ये पाँच महिला, दुई नाबालक र ७ पुरुष छन् ।

दुर्घटनालगत्तै १५ जना घाइतेको उद्दार गरिएको छ ।

घाइतेमध्ये २ जनालाई उपचारका लागि काठमाडौं ल्याइएको छ भने १३ जनाको गजुरी अस्पतालमा उपचार भइरहेको छ । बसमा कति यात्रु सवार थिए भन्ने एकीन हुन सकेको छैन ।

करिब ५० जना बसमा चढेको अनुमान गरिएको छ । बसमा रहेका २० जनाभन्दा बढी अझै बेपत्ता छन् ।

दुर्घटनास्थलमा नेपाली सेना, शसस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयको उद्धार टोली परिचालित छ । नदी गहिरो भएको र बस खोंचमा झरेका कारण उद्धार कार्य कठिन भएको छ ।

प्रहरीका अनुसार राजविराजबाट १७ जना यात्रु लिएर गुडेको बसले हेटौंडामा आएर पल्टी गरेको थियो ।

हेटौंडाबाट छतमा समेत यात्रु खचाखच लिएर काठमाडौं हिँडेको घाइते यात्रुहरुले बताएका छन् । उनीहरुका अनुसार छत र बसभित्र गरेर ५० जनाभन्दा बढी यात्रु सवार थिए ।

प्रतिक्रिया दिनुहोस्