२२ जेष्ठ २०८२, बिहिबार | Thu Jun 5 2025


सडक दुर्घटनामा ७ जना तीर्थयात्रीको मृत्यु


0
Shares

दुर्घटनामा अन्य ६ जना घाइते भएको र केहीको अवस्था गम्भीर रहेको सरकारी अधिकारीले जानकारी दिएका छन् ।

रवुलापालेम् अमलापुरम राजमार्ग अन्तर्गत पर्ने पूर्वी गोदावरी जिल्लाको मोडेकुरु भन्ने ठाउँमा दुर्घटना भएको हो । प्रहरीको टोली उद्धारका लागि घटनास्थलमा पुग्दा यात्रु ट्रकको पांग्रा तलसमेत किचिएको अवस्थामा रहेको प्रहरी अधिकारीको भनाइ छ ।

‘मृत्यु भएका सातै जना महिला रहेका छन् । उनीहरु सबैको घटनास्थलमै मृत्यु भएको हो, घाइतेको नजिकैको स्थानीय अस्पतालमा भर्ना गरिएको छ,’ एक प्रहरी अधिकारीले भने ।

उनीहरु सबैजना प्रशिद्ध भगवान वेनकातेश्वर स्वामीको मन्दिरमा दर्शनका लागि जाँदै गरेका थिए । उनीहरु सबैजना अलवाराम गाउँमा स्थानीय बासिन्दा रहेका थिए । (रासस/ सिन्ह्वा)