
काठमाडौं, पुस १९ । सरकारले ‘वाइडबडी’ विमान खरिद प्रकरणको छानबिन गर्न उच्चस्तरीय जाँचबुझ आयोग गठन गरेको छ ।
बिहीबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले पूर्वमूख्य न्यायाधीश गोविन्दप्रसाद पराजुलीको अध्यक्षतामा तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेको हो ।
आयोगका सदस्यहरुमा पूर्वनायव महान्यायाधिवक्ता नरेन्द्रप्रसाद पाठक र चाटर्ड एकाउन्टेन्ट मदन शर्मा रहेका छन् ।
आयोगलाई ४५ दिनभित्र प्रतिवेदन पेस गर्न भनिएको छ ।
विमान खरिदबारे संसदको सार्वजनिक लेखा समितिले गठन गरेको उपसमितिको प्रतिवेदन सार्वजनिक भएको भोलिपल्ट सरकारले जाँचबुझ आयोग गठन गरेको हो ।
प्रतिक्रिया दिनुहोस्