समानुपातिक उम्मेदवारको बन्दसूचीमा आज अन्तिम संशोधन गर्न पाइने • Image Khabar Image Khabar


समानुपातिक उम्मेदवारको बन्दसूचीमा आज अन्तिम संशोधन गर्न पाइने


Imagekhabar
१२ कार्तिक २०७४, आईतवार ११:०७

समानुपातिक उम्मेदवारको बन्दसूचीमा आज अन्तिम संशोधन गर्न पाइने

निर्वाचन आयोगले समानुपातिक संशोधन गर्न आज बिहान १० बजेदेखि साँझ ५ बजेसम्मको समय दिएको छ ।

दलहरुले गत असोज २९ गते समानुपातिक उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा पेश गरेका थिए ।

त्यसमा कसैको नाम संशोधन गर्ने भए आयोगले आजसम्मको समय दिएको हो ।

उम्मेदवारको बन्दसूचीमा सूचीकृत कुनै उम्मेदवारले आफ्नो नाम फिर्ता लिन चाहेमा सोमबार निवेदन दिन सक्ने आयोगले जनाएको छ ।

बन्दसूची संशोधन गरी उम्मेदवार थपघट गर्न दलहरु आज बिहानैदेखि आन्तरिक छलफलमा व्यस्त भएका छन् ।

समानुपातिक उम्मेदवारहरुको प्रारम्भिक सूची भने १७ गते सार्वजनिक हुनेछ ।

त्यसमा दावी विरोध, उजुरीमा जाँचबुझलगायतको चरण पूरा गरेर मंसिर ३ गते अन्तिम नामावली सार्वजनिक गर्ने निर्वाचन आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्