३० श्रावण २०८२, शुक्रबार | Fri Aug 15 2025


उत्पादनसँग शिक्षा प्रणाली नजोडिएकाले युवाहरु पलायन : राष्ट्रपति


0
Shares

विराटनगर, पुस १९ । राष्ट्रपति विद्यादेवी भण्डारीले दक्ष जनशक्तिको अभाव पूर्ति गर्नेगरी नयाँ शिक्षा प्रणालीको विकास गर्नुपर्नेमा जोड दिएकी छन् ।

पूर्वाञ्चल विश्वविद्यालयकोे २५औं वार्षिकोत्सवलाई बिहीबार विराटनगरमा सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले उत्पादनसँग शिक्षा प्रणाली नजोडिएका कारण युवाहरु पलायन भएको बताइन् ।

कार्यक्रममा प्रदेश नम्बर–१ का मुख्यमन्त्री शेरधन राईले ‘समृद्ध नेपाल, सुखी नेपाली’को चाहना पूरा गर्ने जनशक्तिका लागि विश्वविद्यालयले ध्यान दिनुपर्ने बताए ।

कार्यक्रममा राष्ट्रपति भण्डारीले रजतस्तम्भ पनि उद्घाटन गरिन् ।

२०५२ साल पुस १९ गते स्थापना भएको उक्त विश्वविद्यालयअन्तर्गत् २८ हजार विद्यार्थी अध्ययनरत् रहेका छन् । ६ ओटा संकायअन्तर्गत् ८० ओटा व्यावसायिक र प्राविधिक विषयका शैक्षिक कार्यक्रमहरु सन्चालन भइरहेका छन् ।

विश्वविद्यालयले ९ ओटा आंगिक एवं १२१ ओटा सम्बन्धनप्राप्त क्याम्पसको शैक्षिक गुणस्तरका लागि विभिन्न कार्यक्रम सन्चालन गर्ने योजना बनाएको बताइएको छ ।

कार्यक्रममा पूर्वअर्थमन्त्री भरतमोहन अधिकारी, पूर्वउपकुलपति तुलबहादुर कार्की, विश्वविद्यालय सेवा आयोगका पूर्वप्रमुख कृष्ण पोखरेल, पूर्वाञ्चल विश्वविद्यालयका प्रथम उपकुलपति स्व. द्रोणनारायण लाललाई मरणोपरान्त सम्मान गरिएको थियो ।