९ असार २०८२, सोमबार | Mon Jun 23 2025


हुम्लामा संघ र प्रदेशसभा चुनाबका लागि ७ ओटा घोडा प्रयोग गर्न पाइने


0
Shares

पछिल्लो संशोधित आचारसंहिताको बारेमा जानकारी दिनका लागि आयोजित छलफल कार्यक्रममा जिल्लामा क्रियाशिल राजनीतिक दलका प्रमुख एवं प्रतिनिधिहरुलाई बोलाएर मुख्य निर्वाचन अधिकृतको कार्यालयले आचारसंहिता पूर्णरुपले पालना गर्न आग्रह गरेको हो ।

कार्यक्रममा मुख्य निर्वाचन अधिकृत अनिल कुमार शर्माले २४ घन्टामा प्रति एक घन्टाको फरकमा दिनमा चारपटक रेडियोमा सुचाना सन्देश दिन पाइने, ७ बाइ ७ इन्चको छापामाध्यममा प्रचार सामाग्री छपाउन पाइने आचारसंहित रहेकोले सोहि अनुरुप गर्न दलहरुलाई आग्रह गरे ।

शर्माले प्रतिनिधिसभाका लागि ५ घोडा, प्रदेशसभाका लागि २ घोडा सवारी साधनका रुपमा प्रयोग गर्न पाउने व्यवस्था रहेको उनले दलहरुलाई जानकारी गराउँदै सोहि अनुसार गर्न अनुरोध गरेका छन् ।

उनले प्रतिनिधिसभाका लागि २० लाख र प्रदेशसभाका लागि १५ लाख चुनाब खर्च गर्न पाइने आचारसंहितामा उल्लेख गरिएकासमेत जानकारी गराएका छन् । साथै, चुनाब चिन्ह अंकित झोला स्वीटर टोपीमा पूर्ण रुपले बन्द लगाएकाले सो कार्य नगर्न पनि मुख्य निर्वाचन अधिकृत शर्माले दलहरुलाई आग्रह गरेका छन् ।

त्यस्तै, राजनीतिक दलका तर्फबाट प्रतिनिधि चयन तथा दलको हस्ताक्षरसमेतको लागि निवेदनसमेत माग गरिएको छ ।