Logo ३० भाद्र २०८३, मंगलबार | Tue Sep 15 2026


‘क्रिप्टोकरेन्सी’को खरिद–बिक्री गर्ने अनलाइन सन्चालक पक्राउ


0
Shares

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले बिटसेवा प्रालिका अध्यक्ष कास्की, पोखराका राम ढकाल र प्रालिका कार्यकारी निर्देशक काठमाडौं, असनका पुरुषोत्तम धर तुलाधरलाई पक्राउ गरेको हो ।

नेपाल राष्ट्र बैंक ऐन, २०५८ को बर्खिलाप हुने गरी नेपाल राष्ट्र बैंकसँग कुनै इजाजत नै नलिई उनीहरुले अनलाइन प्रविधिको व्यापार–व्यवसाय, सूचना सम्प्रेषण एवं सफ्टवेयर विकास गर्ने प्रयोजनका लागि भनी प्रालिको नाममा वेबसाइट खोलेको प्रहरीले जनाएको छ ।

उनीहरुले अनलाइन र फेसबुक पेज खोली सोमार्फत निश्चित प्रतिशत कमिसन लिई अवैध बिटकोइनलगायतका ‘क्रिप्टोकरेन्सी’को कारोबार गर्ने गरेका थिए । पक्राउ परेकाबारे नेपाल राष्ट्र बैंक ऐन, २०५८ बमोजिम अनुसन्धान भइरहेको छ । रासस