Logo २५ चैत्र २०८२, बुधबार | Thu Apr 9 2026


नक्कली फेसबुक बनाई अश्लील कार्य गर्ने पक्राउ


0
Shares

महिलालाई बदनाम गर्ने उद्देश्यले फेसबुकमा मोबाइल नम्बर र फोटो राखी अश्लील कार्यका लागि सम्पर्क गर्नुहोला भनेर स्टाटस राख्ने गरेको आरोपमा पक्राउ गरिएको चितवनका प्रहरी नायब उपरीक्षक शिव शर्मा आचार्यले आज जानकारी दिए।

यसरी पक्राउ पर्नेमा मकवानपुर बकैया गाउँपालिका–४ का २७ वर्षीय नविन तिमिल्सिना रहेको उन जानकारी दिए ।

उनीविरुद्ध नक्कली फेसबुक बनाई महिलालाई बदनाम गर्ने उद्देश्यले अश्लील कार्यका लागि सम्पर्क गर्नुहोला भनी मोबाइल नं र फोटो हालेको भनी केही दिनअघि नै लिखित उजुरी परेको प्रहरीले जनाएको छ ।

उनलाई केही सार्वजनिक अपराध ऐनअन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान शुरु भएको आचार्यले जानकारी दिए । रासस