
प्रतिनिधि सभाको १ र प्रदेशसभाका २ क्षेत्र रहेको संखुवाभसामा कांग्रेस र बाम गठबन्धनका उम्मेदवार गाँउ गाँउ पुग्न थालेका छन् ।
काग्रेसबाट प्रतिनिधीसभामा पूर्व खानेपानी तथा सरसफाई राज्य मन्त्रि दिपक खड्का उमेद्धवार रहेका छन भने बाम गठबन्धनबाट नेकपा एमालेका केन्द्रिय सदस्य राजेन्द्रप्रसाद गौतम उमेद्धवार रहेका छन् ।
२०७० को संसदिय निर्वाचनमा दुवै सिट जितेको नेपाली कांग्रेसले यस पटक पनि आफनो जित सुनिश्चित रहेको दावी गर्दै आएको छ भने बाम गठवन्धनले बाम गठबन्धनलाई कसैले हराउन नसक्ने दाबी गरेका छन् ।
२०७० सालको निर्वाचनमा एमालेका गौतमलाई नै क्षेत्र नम्बर २ बाट पराजित गरेका कांग्रेस उम्मेदवार खड्काले यस पटक पनि आफ्नो जित सुनिश्चित भएको बताएका छन् ।
चुनावी अभियानका क्रममा उमेद्धवारहरुले जिल्लाको विकास निर्माण, शिक्षा, स्वास्थ्य, पर्यटन, जलश्रोत लगायत क्षेत्रको विकासमा जोड दिने प्रतिवद्धता ब्याक्त गर्ने गरेका छन ।
संखुवासभा जिल्लामा १ लाख ५ हजार ८५ मतदाता रहेका छन । स्थानिय तहको चुनावमा १० वटा स्थिानीय तह मध्ये कांग्रेसले ५ र एमालेले ५ तह जितेका थिए ।
प्रतिक्रिया दिनुहोस्