१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


नेपालमा स्थायी रुपमा कम्युनिष्टको औचित्य छैन : बाबुराम


0
Shares

पोखरामा पत्रकारहरुसँग भट्टराईले एमाले र माओवादीले बनाएको कम्युनिष्ट केन्द्रको पनि औचित्य नरहेको सुनाए ।

एमाले र माओवादीबीच वाम गठबन्धनलाई कम्युनिष्ट केन्द्र बनाउने सहमति भएको थाहा पाएपछि आफूले नयाँ समाजवादी शक्ति बनाउन प्रस्ताव गरेको तर, उनीहरुले नमानेपछि गठबन्धनबाटै बाहिरिएको जिकीर पनि उनको थियो ।

गोरखा–२ सहित नयाँ शक्तिलाई १५ सिट नदिएर गठबन्धन तोडेको भन्ने आरोप असत्य रहेको पनि बताए ।

नेपालमा कम्युनिष्टको औचित्य सकिएको बताएका भट्टराई स्वयं पनि एमाले-माओवादी केन्द्रसँगै एउटै कम्युनिष्ट केन्द्र बनाउने घोषणा गर्दै गठबन्धनमा सामेल थिए ।

तर भट्टराईलाई गोर्खा २ छाड्न माओवादी नमानेपछि उनी गठबन्धनबाट अलग्गिएका थिए ।