९ असार २०८२, सोमबार | Mon Jun 23 2025


फोरम नेपाल र राजपाबीच प्रदेश–२ मा सिट बाँडफाँट (सूचीसहित)


0
Shares

प्रदेश नम्बर–२ को प्रतिनिधिसभाका ३२ मध्ये १७ सिट फोरम नेपालले लिएको छ भने १५ सिट राजपालाई दिइएको छ ।

यसैगरी, प्रदेशसभातर्फ ६४ मध्ये ३३ सिट फोरमले लिएको छ भने ३१ सिट राजपाले पाएको छ ।

नेपाली कांग्रेससँग तालमेल गर्ने भनिएपनि २ नम्बर प्रदेश आफ्नो वर्चस्व भएको भन्दै दुवै पक्षले छाड्न नमानेपछि दुई दलकाबीचमा सिट बाँडफाँट गरिएको हो ।

जसअनुसार प्रतिनिधिसभातर्फ पर्सा निर्वाचन क्षेत्र नम्बर–१, २ र ३ फोरम, ४ राजपा, बाराको १ र ४ राजपा तथा २ र ३ फोरमले लिएको छ ।

रौतहटको १, २ र ४ राजपा, ३ फोरम, सर्लाहीको १, २ र ४ राजपा, ३ फोरमलाई भागबन्डा गरिएको छ ।

धनुषाको १, २ र ४ राजपा, ३ फोरम, सिरहाको १, २, ४ फोरम र ३ राजपालाई छुट्टयाइएको छ ।

सप्तरीको १ र २ फोरम, ३ र ४ राजपा, महोत्तरीको १ र ४ फोरम तथा २ र ३ राजपाको भाग लगाइएको छ ।

विस्तृत् सूची पढ्नुहोस्

१. संघीय समाजवादी फोरम, नेपालको तर्फबाट प्रतिनिधिसभा     २.राष्ट्रिय जनता पार्टी, नेपालको तर्फबाट प्रतिनिधिसभा
१. पर्सा निर्वाचन क्षेत्र नं. १, २ र ३                                           १. पर्सा निर्वाचन क्षेत्र नं. ४
२. बारा निर्वाचन क्षेत्र नं. २ र ३                                               २. बारा निर्वाचन क्षेत्र नं. १ र ४
३. रौतहटनिर्वाचन क्षेत्र नं. २                                                  ३. रौतहट निर्वाचन क्षेत्र नं. १, ३ र ४
४. सर्लाही क्षेत्र नं. ३                                                              ४. सर्लाहीनिर्वाचन क्षेत्र नं. १, २ र ४
५. महोत्तरी निर्वाचन क्षेत्र नं. १ र ४                                        ५. महोत्तरी निर्वाचन क्षेत्र नं. २ र ३
६. धनुषानिर्वाचन क्षेत्र नं. १, २ र ४                                         ६. धनुषानिर्वाचन क्षेत्र नं. ३
७. सिरहानिर्वाचन क्षेत्र नं. १, २ र ३                                         ७. सिरहा निर्वाचन क्षेत्र नं. ४
८. सप्तरी निर्वाचन क्षेत्र १ र २                                                ८. सप्तरी निर्वाचन क्षेत्र नं. ३ र ४

२. संघीय समाजवादी फोरम, नेपालको तर्फबाट प्रदेशसभा     २. राष्ट्रिय जनता पार्टी, नेपालको तर्फबाट प्रदेशसभा
 १. पर्सा नि.क्षे.नं. १(१),१(२), २(१), ३(१), ३(२) र ४(२)          १. पर्सा नि.क्षे.नं. २(२) र ४(१)
२. बारा नि.क्षे.नं. १(१), २(१), २(२), ३(१) र ३(२)                  २. बारा नि.क्षे.नं. १(२), ४(१) र ४(२)
३. रौतहट नि.क्षे.नं. १(२), २(२) र ३(२)                               ३. रौतहट नि.क्षे.नं. १(१), २(१), ३(१), ४(१) र ४(२)
४. सर्लाहीनि.क्षे.नं. २(२) र ३(२)                                        ४. सर्लाही नि.क्षे.नं. १(१), १(२), २(१), ३(१), ४(१) र ४(२)
५. महोत्तरी नि.क्षे.नं. १(२), ४(१) र ४(२)                            ५. महोत्तरी नि.क्षे.नं. १(१), २(१), २(२), ३(१) र ३(२)
६. धनुषा नि.क्षे.नं. १(१), २(१), २(२), ४(१) र ४(२)                ६. धनुषा नि.क्षे.नं. १(२), ३(१) र ३(२)
७. सिरहानि.क्षे.नं. १(१), १(२), २(१), २(२), ३(१) र ३(२)         ७. सिरहानि.क्षे.नं. ४(१) र ४(२)
८. सप्तरी नि.क्षे.नं. २(१), ४(१) र ४(२)                                ८. सप्तरी नि.क्षे.नं. १(१), १(२), २(२), ३(१) र ३(२)