Logo २९ भाद्र २०८३, सोमबार | Mon Sep 14 2026


उत्तर कोरियाली परमाणु परीक्षण केन्द्रमा दुर्घटना हुँदा २०० जनाको मृत्यु


13
Shares

गत अक्टुबर १० मा पुंग्गे–रीस्थित परमाणु परीक्षण केन्द्रको सुरुंगको चारै भाग भत्किँदा २०० जना मारिएको जापानी टेलिभिजन ‘असाही’ले मंगलबार बताएको हो ।

टेलिभिजन असाहीले सुरुंगको चारै भाग भत्किदा सुरुमा सय जना  र उद्धार कार्य ढिला हुँदा बाँकी थप सय जनाको मृत्यु भएको उल्लेख गरेको छ ।

द टेलिग्राफ’का अनुसार असफल परमाणु अस्त्र परीक्षणबाट उक्त दुर्घटना भएको हुनसक्ने उल्लेख गर्दै  घटनाको यथार्थ विवरण उत्तर कोरियाले  गोप्य राखेको जनाएको छ । 

त्यस्तै दक्षिण कोरियाली समाचार संस्था ‘योनाप’ले उक्त भूमिगत परमाणु परीक्षण स्थलमा दुर्घटना गत अक्टुबर १० मा भएको पुष्टि गरेको छ । उक्त दुर्घटनापछि उत्तर कोरियामा परमाणु विकिरण फैलिएको हुनसक्ने बताइएको छ । एजेन्सी