
माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले पत्रकारसँग कुराकानी गर्दै भनिन्–‘द्वन्द्वकालीन मुद्दा सत्य तथा मेलमिलाप आयोगबाटै समाधान गरिने शान्ति–सम्झौताको मर्मविपरीत बालकृष्ण ढुंगेललाई पक्रिनु निन्दनीय छ । उहाँलाई तत्काल रिहा गरिनुपर्छ ।’
ढुंगेलविरुद्ध लगाइएको मुद्दा सत्य तथा मेलमिलाप आयोगले नै हेर्नुपर्ने उनको भनाइ छ ।
निर्वाचनका समयमा आएर ढुंगेललाई पक्रनु निर्वाचन नगर्ने षड्यन्त्र हुनसक्ने आशंका गर्दै नेत्री भुसालले शान्तिपूर्ण निर्वाचन कुनैपनि बहानामा बिथोलिन नहुने बताइन् ।
नेपाल प्रहरीको सीआइबीले ढुंगेललाई ललितपुर, सातदोबाटोस्थित उनको डेराबाट मंगलबार पक्राउ गरेको थियो ।
ढुंगेल पहिलो संविधानसभामा ओखलढुंगा–२ बाट निर्वाचित सांसद थिए । उनलाई ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्यामा अदालतले दोषी ठहर्याएको थियो । रासस
प्रतिक्रिया दिनुहोस्