२३ जेष्ठ २०८२, शुक्रबार | Fri Jun 6 2025


रुसी प्रयोगकर्ताका करिब १३ करोड फेसबुक पोस्ट अमेरिकी पहुँचमा पुगेको खुलासा


0
Shares

गत वर्ष सम्पन्न अमेरिकी चुनावमा रुसी प्रभावका सम्बन्धमा अमेरिकामा अनुसन्धानहरु चलिरहेका बेला सामाजिक सञ्जाल फेसबुकले यस्तो तथ्यांक सार्वजनिक गरेको हो ।

फेसबुककाअनुसार सन् २०१६ को अमेरिकी राष्ट्रपतीय चुनावभन्दाअघि र पछि यस्ता ८० हजार पोस्ट जारी गरिएको थियो । यसमा अधिकांश पोस्ट विभाजनकारी सामाजिक र राजनीतिक सन्देश दिने रहेका थिए ।

फेसबुककाअनुसार क्रेम्लिनसँग सम्बन्धित रुसी कम्पनीले यस्ता सामग्री पोस्ट गरेको थियो ।

रुसले फेसबुकमा कति प्रभाव पु¥याएको छ भन्ने विषयमा अमेरिकी सीनेटमा सुनुवाइ हुँदैगर्दा यस्तो तथ्यांक सार्वजनिक भएको हो ।

रुसमाथि अघिल्लो वर्ष सम्पन्न अमेरिकी राष्ट्रपतीय निर्वाचनलाई प्रभाव पार्ने कोसिस गरेको आरोप लाग्दै आएको छ ।

तर, रुसले भने आरोप अस्वीकार गरेको छ । सो निर्वाचनमा हिलारी क्लिन्टनलाई डोनल्ड ट्रम्पले पराजित गरेका थिए । (एजेन्सी)