
काठमाडौं । कर्मचारी समायोजनका लागि २६ हजार १३० जना कर्मचारी अनलाइन प्रणालीमा नाम दर्ता गराएका छन् ।
यही पुस ११ गतेदेखि सङ्घ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन गर्न सरकारले सञ्चालन गरेको अनलाइन फारममा २६ हजार १३० जनाले नाम दर्ता गराएको संघीय मामिला तथा सामान्य प्रशासनले जनाएको छ ।
तीमध्ये १९ हजार ८६८ जना समायोजन रोज्नका लागि तयार र छ हजार २६२ जनाले समायोजनका लागि फारमसमेत भरिसकेका छन् ।
सरकारले पुस ११ गते २१ दिनभित्र समायोजनमा जानका लागि कर्मचारीलाई अनलाइन आवेदन माग गरेको थियो ।
समायोजनका लागि फारम भर्न सरकारले सबै मन्त्रालय, निकाय, आयोग, समिति र स्थानीय तहमा ‘सहयोगी कक्ष’ सञ्चालन गरेको छ ।
आवेदन दिएकामध्ये आध्यदेशअनुसार योग्य भएका कर्मचारीलाई छनोटमार्फत समायोजन गरिने छ ।
प्रतिक्रिया दिनुहोस्