९ असार २०८२, सोमबार | Mon Jun 23 2025


रोल्पामा १० हजार बढी नयाँ मतदाता थपिए


0
Shares

स्थानीय तह निर्वाचनमा जिल्लामा एक लाख १७ हजार २६१ मतदाता रहेकामा मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा थप नयाँ मतदातासहित एक लाख २७ हजार ६२९ मतदाताले मतदान गर्न पाउने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

जिल्लामा पुरुष मतदाताको तुलनामा महिला मतदाता बढी देखिएका छन् । स्थानीय तह निर्वाचनमा पुरुष मतदाताभन्दा तीन हजार ६८९ महिला मतदाता बढी थिए ।

प्रतिनिधिसभा र प्रदेशसभामा पुरुषभन्दा दुई हजार १८६ बढी महिला मतदाताले मतदान गर्ने भएका छन् ।

जिल्लामा ६४ हजार ९०७ महिला र ६२ हजार ७२१ पुरुष मतदाता छन् । तेस्रोलिंगी मतदाता भने हालसम्म एकजना पनि देखिएको छैन ।

नयाँ मतदाता थपिएसँगै जिल्लामा ६ ओटा मतदान केन्द्रसमेत थप भएको छ ।

स्थानीय तह निर्वाचनमा १५४ मतदान केन्द्र रहेको रोल्पामा मंसिर १० गते हुने निर्वाचनका लागि १६० मतदान केन्द्र र ८० मतदानस्थल कायम गरिएको जिल्ला निर्वाचन अधिकारी लिलु गिरीले जानकारी दिइन् ।