दुवै संगठनबाट सन्तुलित प्रतिनिधित्व हुने गरी बनाइने सो कमिटीले आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा देशभर वाम उम्मेदवारलाई जिताउन प्रचार–प्रसार गर्ने अनेरास्ववियुका सचिव आरसी लामिछानेले जानकारी दिए ।
अनेरास्ववियुका अध्यक्ष नवीना लामा र अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङको उपस्थितिमा भएको बैठकले मुलुकको आर्थिक विकास र समृद्धिका लागि वाम उम्मेदवारलाई विजयी बनाउन दुवै संगठन क्रियाशील भइ अगाडि बढने निर्णय गरेको छ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई जिताउन अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङ र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई विजयी गराउन अनेरास्ववियुका अध्यक्ष नवीना लामालाई बैठकले जिम्मेवारी दिएको छ ।
दुवै संगठनको बुधबार साँझ हुने विशेष कार्यकर्ता भेलालाई वाम नेता शंकर पोखरेल र वर्षमान पुनले प्रशिक्षणसमेत दिने कार्यक्रम छ । रासस





प्रतिक्रिया दिनुहोस्