९ असार २०८२, सोमबार | Mon Jun 23 2025


उम्मेदवार छान्न दलहरु अझै छलफलमै व्यस्त


0
Shares

तर, राजनीतिक दलहरुले बुधबार साँझसम्म पनि उम्मेदवारको टुंगो गर्न सकेको छैनन । दलहरु अहिले पनि उम्मेदवार चयनका लागि छलफलमै व्यस्त छन् ।

बिहीबार बिहान १० देखि बेलुका ५ बजेसम्म मनोनयनका लागि समय तोकिएको छ ।

नेकपा एमाले र माओवादी केन्द्रले निर्वाचन क्षेत्रको टुंगो लगाएको भएपनि उम्मेदवार चयन गर्न भने सकेका छैनन् ।

नेपाली कांग्रेस अहिलेपनि राजपा नेपाल र संघीय समाजवादी फोरम नेपालसँग सहमति खोज्ने प्रयासमा छ ।

फोरम र राजपाले कम्तीमा २ नम्बर प्रदेशमा २० सिट दाबी गरेका छन । ती दुई दलले उक्त प्रदेशमा सिट तथा क्षेत्र बाँडफाँट गरिसकेका छन् । कांग्रेससँग मिल्ने अवस्था आएमा दुवै दलले आफूले पाएको क्षेत्र छाड्नुपर्ने हुनसक्छ ।

कांग्रेसले प्रदेश नम्बर–२ मा अहिलेसम्म विमलेन्द्र निधि र फरमुल्लाह मन्सुरकोमात्र उम्मेदवारीको टुंगो लगाएको छ ।

कांग्रेसले शीर्ष नेताहरुसहित ५५ जिल्लाका उम्मेदवारहरुको भने टुंगो लगाइसकेको छ । उपत्यका र उपत्यका आसपासका जिल्ला तथा प्रदेश नम्बर–२ का आठै जिल्लामा अझै टुंगो लाग्न सकेको छैन ।

कांग्रेसका शीर्ष नेताहरु प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा डडेल्धुरा–१ बाटै चुनावमा प्रतिस्पर्धा गर्ने निश्चित भएको भने वरिष्ठ नेता रामचन्द्र पौडेल तनहुँ–१, महामन्त्री डा. शशांक कोइराला नवलपुर–१, प्रकाशमान सिंह काठमाडौं–१, विमलेन्द्र निधि धनुषा–३, गोपालमान श्रेष्ठ स्याङ्जा–२, विजयकुमार गच्छदार सुनसरी–३, डा. प्रकाशशरण महत काठमाडौं–५, कृष्णप्रसाद सिटौला झापा–३, डा. शेखर कोइराला मोरङ–६, डा. मीनेन्द्र रिजाल मोरङ–३, डा. नारायण खड्का उदयपुर–१, महेश आचार्य मोरङ–४, रमेश लेखक कन्चनपुर–३, गगनकुमार थापा काठमाडौं–४, नवीन्द्रराज जोशी काठमाडौं–८, पूर्णबहादुर खड्काले सुर्खेत–१ बाट उम्मेदवारी दिने भएका छन् ।

उता, एमाले अध्यक्ष केपी शर्मा ओली झापा–५ बाट प्रतिस्पर्धा गर्नेछन् भने वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल क्रमशः काठमाडौं–२ र इलाम–२ मा उम्मेदवार बन्ने छन् ।

यस्तै, वामदेव गौतम बर्दिया–३, ईश्वर पोखरेल काठमाडौं–५, सुवास नेवाङ इलाम–१, भीम रावल अछाम, विष्णु पौडेल रुपन्देही–१, सुरेन्द्र पाण्डे चितवन–१, प्रदीप ज्ञवाली र गोकर्ण विष्ट गुल्मी–१ र २ बाट उम्मेदवार बन्दैछन् ।

यसैगरी, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल चितवन–३, नेताहरु जनार्दन शर्मा पश्चिम रुकुम, वर्षमान पुन रोल्पा, कृष्णबहादुर महरा दाङ–२, टोपबहादुर रायमाझी अर्घाखाँची र गिरिराजमणि पोखरेल महोत्तरीबाट उम्मेदवार बन्ने भएका छन् ।

त्यस्तै, राजपा अध्यक्ष महन्थ ठाकुर महोत्तरीबाट, संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव सप्तरी–२, राजपाका राजेन्द्र महतो धनुषा–३ र राप्रपाका अध्यक्ष कमल थापा मकवानपुर–१ बाट उम्मेदवार बन्नेछन् ।

गत कात्तिक ५ गते मनोनयन भएर बाँकी रहेका १२८ प्रतिनिधिसभा र २५६ प्रदेशसभाका लागि बिहीबार मनोनयन दर्ता हुन लागेको हो ।