
जिल्ला निर्वाचन कार्यालय भक्तपुरकाअनुसार भक्तपुरमा १ लाख ७८ हजार ९९ जना मतदाता रहेका छन् ।
त्यसमध्ये ८६ हजार ४८० जना पुरुष र ९१ हजार ६१४ जना महिला मतदाता रहेका छन् । यस्तै, पाँचजना तेस्रोलिंगी मतदाता पनि छन् ।
जिल्ला निर्वाचन कार्यालय भक्तपुरका प्रमुख उमेश राईले गत वैशाख ३१ गते भएको स्थानीय तह निर्वाचनपछि भक्तपुरमा १६ हजार ५७० जना नयाँ मतदाता थपिएको जानकारी दिए ।
आसन्न निर्वाचनमा भक्तपुरका चार नगरपालिकामा रहेका ३८ ओटा वडामा ७८ मतदानस्थल र २०९ मतदान केन्द्र रहने कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्