बालुवाटारमा भएको भेटमा झापा–३ मा नेपाली कांग्रेस र राप्रपाबीच भएको लिखित सहमतिविपरीत कांग्रेसले उम्मेदवार उठाएको विषयमा अध्यक्ष थापाले आपत्ति जनाएका थिए ।
उक्त स्थानमा कांग्रेसले पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र राप्रपाले महामन्त्री राजेन्द्रप्रसाद लिङदेनलाई उम्मेदवार बनाएको छ ।
छलफलमा झापामा मैत्रीपूर्ण प्रतिस्पर्धा गर्ने सहमति दुई नेताबीच भएको राप्रपाका प्रवक्ता भुवन पाठकले जानकारी दिए ।
उक्त स्थानमा लोकतान्त्रिक गठबन्धनबाट दुई उम्मेदवारको प्रतिस्पर्धा भएपनि देशभरका अन्य स्थानमा पूर्वसहमतिअनुसार दुवै पार्टीले एक–अर्कालाई सहयोग गर्ने सहमति भएको छ ।
पूर्वसहमतिअनुसार कांग्रेसले प्रतिनिधिसभामा सात संख्या तथा प्रदेशसभामा २० देखि २५ सिट राप्रपालाई दिने भएको पाठकले जानकारी दिए । रासस





प्रतिक्रिया दिनुहोस्