बुधबार सप्तरीको राजविराजमा आयोजित पार्टी प्रवेश कार्यक्रममा यादवले मधेस आन्दोलनकाक्रममा सहिद भएकाहरुले देखेको सपनालाई साकार बनाउन पार्टी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा बहुमतका साथ विजयी हुन जरुरी रहेको बताए ।
सप्तरी क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिने तयारीमा रहेका यादवले जनआन्दोलनबाट प्राप्त उपलब्धिहरुलाई संस्थागत गर्न मधेसी जनताको एकमात्र विकल्प फोरम नेपाल पार्टी रहेको दाबी पनि गरे ।
पार्टीका उपाध्यक्ष रेणु यादवले नेकपा एमाले र माओवादी केन्द्रको वाम गठबन्धन देशलाई कब्जामा लिइ सत्तास्वार्थ तथा शासन गर्ने शोचका साथ अगाडि बढिरहेको आरोप लगाइन् ।
कार्यक्रममा विभिन्न पार्टीका करिब १०० स्थानीय नेता–कार्यकर्ता फोरम नेपालमा प्रवेश गरेका थिए ।





प्रतिक्रिया दिनुहोस्