२३ जेष्ठ २०८२, शुक्रबार | Fri Jun 6 2025


डीभी चिठ्ठा प्रणाली नै रद्द गर्ने राष्ट्रपति ट्रम्पको घोषणा


0
Shares

ट्रम्पले राष्ट्रपतिमा निर्वाचित भएसँगै आतंकवादी संगठनसँग जोडिएका देशका डीभी परेका नागरिकलाई अमेरिका प्रवेशमा रोक लगाएका थिए ।

उनले आफ्नो ट्वीटमा अमेरिकामा आतंकवादी समस्या बढ्नुमा डीभी चिट्ठा मुख्य कारण भएको उल्लेख गरेका छन् ।

सन् १९९० मा आप्रवासी भित्र्याउने कानुन बनाएपछि डीभी चिट्ठालगायत अरु सुविधा दिएर अमेरिकाले आप्रवासीलाई स्थायी बसोबास दिँदै आएको छ ।

अमेरिकाले पछिल्लो १० वर्षमा झन्डै ५ लाख आप्रवासीलाई ग्रीनकार्ड दिएको छ । ट्रम्पले डेमोक्रेटले सुरु गरेको यो प्रणाली रद्द गर्ने प्रस्ट गरेका हुन् ।

न्यूयोर्कमा साइकल लेनमा ट्रक चढाएर ८ जनाको हत्या गर्ने चालक सेफुलो साइपोव सन् २०१० मा डीभी चिट्ठा परेर उज्वेकिस्तानबाट अमेरिका पुगेको पत्ता लागेपछि ट्रम्प आक्रोशित बनेका हुन् ।

राष्ट्रपति ट्रम्पले डीभी चिट्ठालाई अमेरिकी सिनेटर ‘चक समरको सुन्दरता’सँग तुलना गरेका छन् । चक समर डेमोक्र्याट सिनेटर हुन् । उनी डीभी चिट्ठाको पक्षमा छन् । (एजेन्सी)