२३ जेष्ठ २०८२, शुक्रबार | Fri Jun 6 2025


१५ वर्षअघि ‘अभद्र व्यवहार’को आरोप लागेका बेलायती रक्षामन्त्रीद्वारा राजीनामा


0
Shares

रक्षामन्त्री फालनले आकस्मिक रुपमा प्रधानमन्त्री टेरिजा मेसमक्ष राजीनामा बुझाएका हुन् । उनले राजीनामाको कारण भने खुलाएका छैनन् ।

सन् २००२ मा कन्जरभेटिभ पार्टीको सम्मेलनका बेला एउटा रात्रीभोजमा पटक–पटक पत्रकार जुलिया हाट्र्ले ब्रिअरको घुँडा छोएको आरोप उनीमाथि थालेको थियो । तर, हालै उक्त प्रकरणबारे फेरि समाचारहरु आएपछि फालनमाथि दबाब बढेको थियो ।

उनले मंगलबारमात्रै आफ्नो विगतको व्यवहारप्रति क्षमा मागेका थिए । उनले आफूमाथि लागेका धेरै आरोप गलत भए पनि आफूले नेतृत्व गरिरहेको सशस्त्र सेनाका लागि आवश्यक उच्च मापदन्डभन्दा तल गिरेको भने स्वीकार गरेका छन् ।

उनले साढे तीन वर्षसम्म बेलायतको रक्षामन्त्रीको रुपमा जिम्मेवारी सम्हालेका थिए । प्रधानमन्त्री मेले फालनले आफुविरुद्ध लागेका आरोपलाई गम्भीर रुपमा लिँदै एउटा उदाहरण प्रस्तुत गर्न खोजेको भन्दै त्यसको प्रशंसा गरेकी छन् । एजेन्सी